काठमाण्डु – सभापति रवि लामिछाने पक्राउ परेपछि सडक आन्दोलन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेताहरूविरूद्ध दायर गरिएको अदालतको अवहेलना सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले ‘अन्य आदेश’ गरेको छ ।
अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको अदालतको अवहेलना निवेदनमाथि मंगलबार सुनुवाइ गर्दै न्यायाधीशद्वय मनोजकुमार शर्मा र नृपध्वज निरौलाको संयुक्त इजलासले फाइल र अन्य विवरण मगाउने आदेश गरेको छ ।
अवहेलना मुद्दालाई सुरुमा सर्वोच्च अदालत प्रशासनले दरपिठ गरेकोमा पछि इजलाशबाट दर्ता गर्न आदेश भएको थियो । न्यायाधीश विनोद शर्माको इजलासले गत कात्तिक २७ गते अवहेलना मुद्दा दर्ता गर्न आदेश गरेको थियो ।
प्रतिक्रिया