घुससहित पक्राउ परेका नासुविरुद्ध विशेष अदालतमा मुद्दा दायर

घुससहित पक्राउ परेका नासुविरुद्ध विशेष अदालतमा मुद्दा दायर


काठमाण्डु – घुससहित पक्राउ परेका नायब सुब्बा (नासु) विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले जिल्ला प्रशासन कार्यालय महोत्तरीका नायब सुब्बा अशोककुमार यादवविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सवारी ज्यान कसूर मुद्दामा मृतकका नजिकको हकदारले पाउनुपर्ने किरीया खर्च तथा क्षतिपूर्ति बापतको रकम उपलब्ध गराउन सहजीकरण गरिदिने भनी घुस मागेको अभियोगमा अख्तियारको टोलीले उनलाई २० हजार रुपैयाँसहित रंगेहात पक्राउ गरेको थियो ।

सेवाग्राहीबाट २० हजार घुस लिएको पुष्टि भएकाले कानून बमोजिम कैद सजाय गरी बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।