पोखरा – सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने सहितको मुद्दा जिल्ला अदालतमा दर्ता भएपछि बयान प्रक्रिया सुरु भएको छ ।
अदालतमा सोमबार गोरखा मिडिया प्रालिका सञ्चालक छविलाल जोशीको बयान सुरु भएको छ । उनको बयान नसकिएका कारण भोलि सुरुमा उनकै बयान हुनेछ ।
कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा सुरु भएको बयानमा मुद्दासँग सम्बन्धित प्रश्न सोध्ने र जवाफ लिने काम भइरहेको छ । सोमबार छविको बयान पूरा नभएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।
अदालतमा छविको बयान सकिएपछि अन्य अभियुक्तको बयान हुने र बयान सकिएपछि थुनछेक बहस हुनेछ ।
प्रतिक्रिया