काठमाण्डु – सहकारी ठगी सम्बन्धी मुद्दामा आरोपित पूर्वडीआईजी छविलाल जोशीसँग कास्की जिल्ला अदालतले रास्वपा सभापति रवि लामिछानेभन्दा बढी धरौटी रकम मागेको छ ।
सूर्यदर्शन सहकारी ठगी मुद्दामा बिहीबार थुनछुक आदेश गर्दै न्यायाधीश नीतिज राईको एकल इजलासले छविसँग ८८ लाख धरौटी माग गरेको छ ।
अदालतका सूचना अधिकारी सुरज अधिकारीका अनुसार अदालतले रविसँग ६५ लाख धरौटी माग गरेको छ । मुद्दामा रवि र छवि दुवैलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।
प्रतिक्रिया