सर्वाेच्चबाट कुलमानले पाएनन् अन्तरिम आदेश, हितेन्द्रले काम गर्न पाउने

सर्वाेच्चबाट कुलमानले पाएनन् अन्तरिम आदेश, हितेन्द्रले काम गर्न पाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट पदमुक्त कुलमान घिसिङले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश नहुने आदेश गरेको छ ।

न्यायाधीशहरू डा. कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासले बिहीबार कुलमानलाई पदमुक्त गर्ने सरकारको निर्णयमाथि अन्तरिम आदेश नहुने आदेश गरेको हो ।

अदालतले कुलमानको रिटलाई अग्राधिकार हुने आदेश भने गरेको छ । सर्वाेच्चले अन्तरिम आदेश नदिएपछि अब नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रमान शाक्यले नेपाल विद्युत् प्राधिकरणको नेतृत्वमा काम गर्न पाउने भएका छन् ।

लगातार ३ दिनसम्म सुनुवाईपछि सर्वोच्च अदालतले कुलमान र हितेन्द्रको रिट निवेदनमाथि बिहीबार प्रारम्भिक आदेश गरेको छ ।