काठमाण्डु – तस्करीमा सघाउन ३० हजार घुस रकमसहित पक्राउ परेका प्रहरी नायब निरीक्षक (सई) विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुन्सन्धान आयोगले रूपन्देहीको प्रहरी चौकी हाटी बनगाई दुर्गौलियामा कार्यरत सई खिमबहादुर खड्काविरुद्ध मंगलबार भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
रूपन्देहीको दुर्गौलिया नाका हुँदै भारतबाट अवैध रूपमा घरायसी सामान भित्र्याएर तस्करी गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट ३० हजार घुस लिइसकेको अवस्थामा उनलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानका क्रममा घुस लिएको पुष्टि भएपछि खड्काविरुद्ध ३० हजार बिगोसहित सजायको माग गर्दै मंगलबार विशेष अदालत काठमाण्डुमा आरोपपत्र दायर गरेको अख्तियारले जनाएको छ ।
प्रतिक्रिया