अनिमेष हत्या प्रकरण : पूर्वआईजिपी अर्यालका छोराले पाए सफाइ

अनिमेष हत्या प्रकरण : पूर्वआईजिपी अर्यालका छोराले पाए सफाइ


काठमाडौं– सर्वोच्च अदातलले एमबिबिएसमा अध्ययनरत विद्यार्थी अनिमेष ठाकुरको भनिएको हत्या घटनाको मुद्दा नचल्ने तत्कालीन पुनरावेदन अदालत पोखराको आदेश सदर सदर गरिदिएको छ।

उक्त घटनामा पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालका छोरा आयुष अर्याललाई प्रतिवादी बनाएर दायर भएको मुद्दामा आदेश जारी गर्दै पुनरावेदनले अनुसन्धानका लागि आदेश जारी गर्न नपर्ने भनेको थियो।

तर, परमादेशको माग गर्दै सर्वाेच्चमा रिट दायर भएकोमा  न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र टंकबहादुर मोक्तानको इजलाशले ठाकुरको हत्यामा मुद्दा नचल्ने निर्णय सदर गरेको हो। योसँगै निर्णय गरेको अर्यालले उक्त मुद्दामा सफाइ पाएका छन्।

आफ्ना छोरोको हत्या भएको भन्दै ठाकुरका बुवा गरिबदास ठाकुर अदालत पुगेका थिए। ठाकुरको २०७२ साल असार १९ गते राति पोखरास्थित मणिपाल अस्पताल नजिकै रहेको एक घरको छतबाट खसेर मृत्यु भएको थियो। उनी तत्कालीन समयमा मणिपाल अस्पतालमा ‘इन्टर्न’ गरिरहेका थिए।

मृतक ठाकुर बुवा गरिबदास स्वास्थ्य मन्त्रालयका सहसचिव थिए। ठाकुरको मृत्यु आयुषका केटी साथी प्रतिशा प्रधान बस्ने घरको छतबाट भएको थियो। मृतकका बुवाले छोराको हत्यामा तत्कालीन आइजिपीका छोरा आयुष उनकै केटी साथी प्रतिसाको संलग्नता हुनसक्ने दाबी गर्दै उनीहरूमाथि अनुसन्धानको माग गरेका थिए।