पत्रकार महासंघ रुकुमका अध्यक्ष कारागार चलान

पत्रकार महासंघ रुकुमका अध्यक्ष कारागार चलान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुकुम– रुकुम अदालतले नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष गणेश विकलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ।

जिल्ला अदालत रुकुम (पश्चिम) का न्यायाधीश काजीबहादुर राईको एकल इजलासले आइतबार उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो।

जिल्ला अदालतका श्रेष्तेदार तेजप्रसाद पौडेलका अनुसार  विकलाई त्रिवेणी गाउँपालिकाकी एक युवतीलाई जबरजस्ती करणी गरेको अभियोग लागेको थियो। उनी गत जेठ २२ गते पक्राउ परेका थिए।

आफूलाई जबरजस्ती करणी गरेको भनी ती युवतीले प्रहरीमा उजुरी दर्ता गरेपछि विकलाई पक्राउ गरिएको थियो।