उच्च अदालतका ८० न्यायाधीशविरुद्धको मुद्दाको सुनुवाइ मंसिर २८ मा

उच्च अदालतका ८० न्यायाधीशविरुद्धको मुद्दाको सुनुवाइ मंसिर २८ मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– उच्च अदालतमा नियुक्ति भएका ८० न्यायाधीशविरुद्धको मुद्दाको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ।

 

 

सर्वोच्च अदालतका न्यायाधीश ओमप्रकाश मिश्र, बमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको पूर्ण इजलाशमा बिहीबार सुनुवाइका लागि समय ‘नभ्याए’ हेर्दाहेर्दैमा राखिएको हो।

 

उक्त मुद्दामाथि अब मंसिर २८ गते सुनुवाइ हुने सर्वोच्च अदालतका सहप्रवक्ता नागेन्द्र कालाखेतीले जानकारी दिए।

 

 

न्याय परिषदले गत वर्ष पुस २९ गते राति उच्च अदालतमा ८० न्यायाधीशको नियुक्ति गरेको थियो।

 

 

तर, नियुक्ति गर्दा प्रक्रिया नपु¥याई दलगत स्वार्थका आधारमा गरिएको भन्दै सरकारी वकिल कार्यालयका नायब महान्यायाधिवक्ता दुर्गाबन्धु पोखरेल, अधिवक्ता डीलहरि शर्मा, प्रकाशकुमार काफ्ले, सुरेन्द्रप्रसाद यादव र तोयानाथ ढुंगानाले रिट निवेदन दायर गरेका थिए।