आजदेखि कोरोनाको खोप कार्ड अनिवार्य

आजदेखि कोरोनाको खोप कार्ड अनिवार्य


काठमाण्डु – आजदेखि कोरोना भाइरसको खोप कार्ड अनिवार्य गरिएको छ । पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएपछि सरकारले सार्वजनिक स्थानमा हिँडडुल गर्नदेखि सार्वजनिक सेवा दिने स्थानमा समेत खोप कार्ड अनिवार्य गरेको हो ।

सरकारले खोप कार्ड नभए त्यसको फोटो भए पनि बोक्नुपर्ने निर्णय गरेको छ । देशभर कोरोना संक्रमितहरुको संख्या तीव्र बढेपछि काठमाण्डु उपत्यकामा शुक्रबार रातिदेखि लागू हुने गरी नयाँ आदेश जारी गरिएको छ ।

तीनै जिल्लाका प्रजिअहरुले जारी गरेको आदेशअनुसार सार्वजनिक तथा निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू भएको छ । जसअनुसार जोर गते जोर र बिजोर गते बिजोर नम्बर प्लेटका सवारीसाधनमात्रै चलाउन पाइनेछ ।