काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियन्चओबीच भेटवार्ता भएको छ । मंगलबार बिहान बालकोटस्थित निवासमै पुगेर नेपाल भ्रमणमा रहेका चिनियाँ नेता लिउले ओलीसँग भेटवार्ता गरेका हुन् । उनीहरूबीच द्विपक्षीय हितबारे कुराकानी भएको बताइएको छ।
भेटवार्तामा एमाले नेताहरू राजन भट्टराई , बिष्णु रिमाल, प्रदिप ज्ञवाली, उषा किरण भण्डारी , अन्जन शाक्य, कृष्ण केसी पनि भेटवार्तामा सहभागी भएका छन् ।
आइतबार काठमाडौं आएका लिउले राष्ट्रपति विद्यादेवी भण्डारी, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सोही पार्टीका सम्मानित नेता झलनाथ खनालसँगपनि भेट्ने कार्यक्रम छ । प्रधानमन्त्री शेरबहादुर देउवा,परराष्ट्रमन्त्री नारायण खड्कासँग भने आइतबार र साेमबार माओवादी अध्यक्ष प्रचण्डसङ भेट भइसकेको छ । उनी बुधबार बिहान चीन फर्किने छन् ।
प्रतिक्रिया