नेपालले युएईविरुद्ध बलिङ गर्दै

नेपालले युएईविरुद्ध बलिङ गर्दै


काठमाण्डु- नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली युएईसँग पहिला बलिङ गर्ने भएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा युएईले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्ने भएको हो ।

नेपालले आजको खेलमा एक परिवर्तन गरेको छ । विकेटकिपर विनोद भण्डारीको स्थानमा कमलसिंह ऐरीलाई मौका दिएको छ ।

नेपालको प्लेइङ ११-
ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), कमलसिंह ऐरी, आरिफ शेख, करण केसी, रोहित कुमार पौडेल, सागर ढकाल, सन्दीप लामिछाने (कप्तान) र सोमपाल कामी ।