एमसीसीसँग नेपालको लज्जास्पद हार

एमसीसीसँग नेपालको लज्जास्पद हार


काठमाडौं – नेपाल भ्रमणमा रहेको मेरिलेबोन क्रिकेट क्बल (एमसीसी) सँगको टि–ट्वान्टी क्रिकेटमा नेपाली मिक्स क्रिकेट टोली ११३ रनले पारजित भएको छ ।

शनिबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा एमसीसीले दिएको १९० रनको मध्यम लक्ष्य पछ्याएको नेपालले १३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ७६ रन बनायो ।

नेपालका लागि आशिफ शेखले ४ रन बनाए भने कुशल भुर्तेल १४ रन बनाउँदै आउट भए । नेपालका लागि अमित श्रेष्ठ १ रन बनाउँदा सन्दीप जोरा १६ रनको योगदान गरे । त्यस्तै कप्तान रोहित कुमार पौडेल ६ रन बनाए । भिम सार्की १३ बनाउँदा कमल सिंह ऐरी रन नबनाएर आउट भए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एमसीसीले निर्धा्रित २० ओभरमा ७ विकेट गुमाउँदै १८९ रन बनाए थियो । सुरुआती दुई ओभरमा एमसीसीले २६ रन बनाएको थियो । चार ओभर सकिँदा एमसीसीले एक विकेट गुमाएर ५६ रन बनाएको थियो ।

एमसीसीका लागि पहिलो विकेटको रुपमा हिल्स हामोन्ड २८ रनमा आउट भए । उनलाई कमल सिंह ऐरीले क्याच आउट गराएका थिए । नेपालले दोस्रो विकेटको रुपमा टोम वस्ट्लीलाई आउट गराएको थियो । १३ रन बनाएका टोमलार्य रसिद खानले क्याच आउट गराएका थिए ।

कप्तान जिम्मी एड्म्सले ५ रन बनाएर रशिद खानले क्याच आउट गराएका थिए । रशिदको बलमा कुशल भुर्तेलले क्याच आउट गराएका थिए । विल रोर्डस १ रनमा पेवेलियन फर्किए । उनलाई जितेन्द्र मुखियाले क्याच आउट गराएका थिए ।

विल्ली गोडलम्यान अर्धशतक बनाएर आउट भए । उनलाई रशिद खानले आफ्नो तेस्रो विकेटको रुपमा ५४ रनमा आउट गराएका थिए । विल भान्डस्पर ४ रन बनाएर आउट भए ।

सुशान भारीले उनलाई क्याच आउट गराएका थिए । एडी योङलाई ४२ रनमा आउट भए । उनलाई अविनास बोहोराले क्याच आउट गराएका हुन् । आलेक्स थमशनले नट आउट २० रनको योगदान गरे ।