काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत आज भएको खेलमा नेपालले भुटानलाई १४१ रनले पराजित गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले भुटानलाई २३७ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा उत्रिएको भुटानले २० ओभरमा ६ विकेट गुमाउँदै ९५ रन बनाएको थियो ।
नेपालका लागि पारस खडकाले दुई विकेट लिए भने पवन सराफ, करण केसी र ललित राजवंशीले समान एकरएक विकेट लिएका थिए ।
भुटानका लागि रन्जुङ मिक्यो दोर्जीले २७ रन हानेका थिए । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले टी–ट्वान्टीमा सतक प्रहार गरेका छन्।
ज्ञानेन्द्रले ५ चौका र ९ छक्का प्रहार गरे। उनी १०७ रन हानेर आउट भए । भुटानको तोब्देन सिंगेले १ र कर्मा दोर्जीले २ विकेट लिएका थिए ।
प्रतिक्रिया