माल्दिभ्समाथि नेपालको सानदार जित, करन केसीले सर्वाधिक ४० रन बनाए

माल्दिभ्समाथि नेपालको सानदार जित, करन केसीले सर्वाधिक ४० रन बनाए


काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेट टि–ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा नेपालले माल्दिभ्सलाई ८४ रनले पराजित गरेको छ । नेपालले दिएको १६४ रनको लक्ष्य पछ्याएको माल्दिभ्सले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ७९ रन मात्रै बनायो ।

माल्दिभ्सका लागि महोम्मद आजमले सर्वाधिक १७ रन बनाए । नेपालका लागि ललितनारायण राजवंशी र सुसान भारीले समान दुई–दूई विकेट लिए । यस्तै पवन सर्राफले एक विकेट लिए ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १६३ रन बनाएको थियो । करन केसीले १६ बलमा ४० रन बनाए ।

दिपेन्द्र ऐरीले ३६ बलमा ३९ रन बनाए । यस्तै कप्तान ज्ञानेन्द्र मल्ल १९, आरिफ शेख र विनोद भण्डारीले समान १९–१९ रन, पारस खड्का ११ र रोहीतकुमार पौडेल १० रनमा आउट भए ।

नेपाल पहिलो खेलमा श्रीलंका यू–२३ सँग ६ विकेटले पाराजित भएको थियो । दोस्रो खेलमा नेपालले भुटानलाई १४१ रनको फराकिलो अन्तरले पारजित गरेको थियो । नेपालले अर्को खेल भोलि (शनिबार) बंगलादेशको २३ वर्षमुनिको टोलीसँग खेल्नेछ ।