नेपाल जित्नैपर्ने दबाबमा, बंगलादेशले दियो १५६ रनको लक्ष्य

नेपाल जित्नैपर्ने दबाबमा, बंगलादेशले दियो १५६ रनको लक्ष्य


काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगतको पुरुष क्रिकेटमा नेपालले बंगलादेशबाट १५६ रनको लक्ष्य पाएको छ । बंगलादेशले २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको हो ।

बंगलादेशका कप्तान होसिन सान्तोलले सर्वाधिक ६० बलमा ७५ रन बनाए । अफिफ हुसेनले २८ बलमा ५२ रन बनाए ।

बंगलादेशका ३ विकेट नेपालका पूर्व कप्तान पारस खड्काले लिए । पारसले मोहमद नइम र सौम्य सरकारलाई ६–६ रनमा आउट गरेका छन् । यसैगरी सइम हसनलाई शून्यमा बोल्ड गरेका छन् ।

अन्तिम ‌ओभरमा दीपेन्द्रसिंह ऐरीले २ विकेट लिँदा अर्को विकेट अभिनास बोहराले लिएका छन् ।

नेपालले केहीबेरमा जवाफी ब्याटिङ थाल्दैछ । फाइनलमा पुग्न नेपाललाई खेल जित्नै पर्ने दबाब छ ।