त्रिकोणात्मक टी–२० क्रिकेट : नेपाल हार्‍यो, यूएईलाई उपाधि

त्रिकोणात्मक टी–२० क्रिकेट : नेपाल हार्‍यो, यूएईलाई उपाधि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजको उपाधि यूएईले जितेको छ ।

फाइनल खेलमा टस हारेर पहिले ब्यटिङ गरेको नेपालले निर्धारित २० ओभरमा १६२ रन बनाएको थियो । जवाफमा यूएईले १ बल बाँकी छँदै ६ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।

लिग चरणमा नेपालसँग २ खेलमा पराजित भए पनि यूएईले फाइनलमा बदला लिँदै ४ विकेटको जीत हासिल गर्‍यो ।

यूएईका लागि कप्तान महुमम्द वासिमले ४५ रन बनाउँदा अर्यान्स शर्माले २५ रन बनाएका छन् । वृत्या अर्विन्दले २६ रन, अलिशान सरफुले १३ रन, बसिल हमिदले २२ रन बनाए । हमिदले अन्तिम बल बाँकी हुँदा छक्का प्रहार गर्दै टीमलाई उपाधि दिलाए । त्यसअघि अली नसिर ११ रनमा आउट भएका थिए ।

नेपालका लागि गुल्सन झा र अभिनास बोहराले २–२ विकेट लिए ।

टीयू मैदानमा पहिले ब्याटिङ गरेको नेपालले यूएईलाई उपाधि जित्नका लागि १६३ रनको लक्ष्य दिएको थियो । निर्धारित २० ओभरमा ८ विकेट गुमाएर नेपालले १६२ रन बनाएको थियो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले ५० रन बनाउनु सर्वाधिक रन रह्यो । उनीबाहेक कप्तान रोहित पौडेलले १८ रन, दीपेन्द्रसिंह ऐरीले २० रन, सुन्दीप जोराले १० र सोमपाल कामीले १३ रन, करण केसी २३ रन बनाएका छन् ।

यूएईका लागि युवा खेलाडी आयान अफ्जाल खानले ३ विकेट लिँदा अली नसिर र जहुर खानले समान २–२ विकेट लिएका थिए । जुनाइद सिद्दीकीको नाममा १ विकेट लिए ।

नेपालले लिग चरणमा यूएईलाई ७ विकेट र ५ विकेटले हराएको थियो । नेपालले हङकङलाई पनि दुवै खेलमा ६ विकेट र ७९ रनले हरायो । युएईले भने अन्तिम खेलमा हङकङसँग ६९ रनले पराजित भए पनि नेट रनरेटमा अघि रहँदै फाइनल खेलेको थियो ।