जडेजाको घातक बलिङमा दक्षिण अफ्रिका ८३ रनमै अल आउट

जडेजाको घातक बलिङमा दक्षिण अफ्रिका ८३ रनमै अल आउट


काठमाण्डु- भारतले आइसिसी विश्वकप २०२३ मा दक्षिण अफ्रिकामाथि २ सय ४३ रनको सानदार जित हात पारेको छ । स्पिनर रविन्द्र जडेजाको घातक बलिङको सहयोगमा भारतले उक्त जित हात पारेको हो ।

भारत लगातार आठौं जितका साथ विश्वकपमा शीर्षस्थानमा रहँदै सेमिफाइनल खेल्ने पक्का भएको छ । जितका लागि ३ सय २७ रनको विशाल विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका २७।१ ओभरमा ८३ रनमा अल आउट भयो ।

भारतका रविन्द्र जडेजाले ९ ओभरमा १ मेडनसहित ३३ रन खर्चेर ५ विकेट लिए । मोहम्मद शामी र कुलदीप यादवले दुई दुई विकेट लिए । मोहम्मद शिराजले एक विकेट लिए ।

त्यसअघि वानखडे स्टेडियम कोलकातामा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय २६ रन बनाएको थियो ।

भारतको जितमा विराट कोहली १ सय २१ बलमा १० चौकासहित १ सय १ रनमा नट आउट रहे । कोहलीको ओडिआई करिअरको ४९ औं शतक हो । कोहलीले ओडिआईमा सर्वाधिक धेरै शतक सचिन तेन्दुलकरसँगको कीर्तिमान बराबर गरेका छन् ।