काठमाण्डु – प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी प्रदेशले जितेको छ ।
गण्डकीले प्रस्तुत गरेको ११२ रनको लक्ष्य लुम्बिनीले २८.२ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो ।
लुम्बिनीका लागि मृणाल गुरुङले सर्वाधिक ४७ रन, एमडी हुसैनले २१ रन, विराट भण्डारीले १० रन बनाएका छन् । गण्डकीका लागि विपिन खत्री र कमल परियारले ३/३ विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको गण्डकीले ३४.४ मा सबै विकेट गुमाएर १११ रन बनाएको थियो । गण्डकीका लागि करण पङ्गेनीले सर्वाधिक २८ रन, कृष्ण अयरले १९ रन, समीर कँडेल र अमृत गुरुङले १३/१३ रन बनाएका थिए ।
लुम्बिनी प्रदेशका लागि अजय चौहानले सर्वाधिक ४ विकेट लिए भने अभिषेक गौतम र एमडी हुसैनले २/२ विकेट लिए भने कृष्ण कार्की र नर सार्कीले १–१ विकेट लिएका थिए ।
प्रतिक्रिया