नेपालविरुद्ध अफगानिस्तानले बनायो १४५ रन

नेपालविरुद्ध अफगानिस्तानले बनायो १४५ रन


काठमाण्डु – आईसीसी यू–१९ विश्वकपमा नेपालविरुद्ध ब्याटिङ गरेको अफगानिस्तानले १४५ रन बनाएको छ ।

आज शुक्रबार दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा जारी खेलमा टस हारेर बलिङमा उत्रिएको नेपालले कसिलो बलिङ गर्दै अफगानिस्तानलाई ४०.१ ओभरमा १४५ रनमा समेटेको छ ।

अफगानिस्तानलाई रोक्न नेपालका आकाश चन्दले ५ विकेट लिएका छन् । उत्कृष्ट बलिङ गरेका उनले ८ ओभरमा ३४ रन मात्र खर्चिए ।

आकाशले खेलको दोस्रो, छैटौं, आठौं, १०औं र १२औं ओभरमा नेपाललाई सफलता दिलाएका थिए । आकाशबाहेक, दीपेश कँडेलले २ विकेट, गुल्सनकुमार झा, सुवास भण्डारी र तिलक भण्डारीले समान १/१ विकेट लिएका छन् ।

अफगानिस्तानका अल्लाह मोहम्मद घजानफरले सर्वाधिक ३७ रन बनाए । कप्तान नासिर खान मरुफखिलले ३१ र फरिदुन दावुदजाईले २९ रन बनाएका थिए ।