श्रीलंका क्रिकेटमाथिको निलम्बन फुकुवा

श्रीलंका क्रिकेटमाथिको निलम्बन फुकुवा


काठमाण्डु – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले श्रीलंका क्रिकेटमाथिको निलम्बन हटाएको छ ।

आईसीसी सदस्यका रूपमा श्रीलंकाले दायित्व उल्लंघन गरेको भन्दै गत नोभेम्बरमा श्रीलंका क्रिकेटलाई निलम्बन गरिएको थियो ।

सन् २०२३ को विश्वकप क्रिकेटमा भारतसँगको हारपछि श्रीलंकाका खेलकुद मन्त्री रोशन रानासिंघेले श्रीलंकका सबै सदस्यलाई बर्खास्त गरेका थिए । त्यसपछि श्रीलंका क्रिकेट प्रशासनमा सरकारको व्यापक हस्तक्षेप भएको भन्दै आईसीसीले निलम्बन गरेको थियो ।

श्रीलंकाको क्रिकेट टोलीलाई आईसीसीले अन्तर्राष्ट्रिय खेल खेल्न कुनै रोक लगाएको थिएन । निलम्बन गरेदेखि नै स्थितिको अनुगमन गरिरहेको आईसीसीले अहिले श्रीलंकाले सदस्यको दायित्व उल्लंघन नगरेको जनाएको छ ।