वर्षाले रोकिएकाे नेपाल हङकङबीचको खेल स्थगित भएपछि के हुन्छ ?

वर्षाले रोकिएकाे नेपाल हङकङबीचको खेल स्थगित भएपछि के हुन्छ ?


काठमाण्डु- पानी परेपछि ५ ओभरमा रोकिएर पुनः सुरु भएको त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत नेपाल र हङकङबीचको खेल फेरि रोकिएको छ ।

टस हारेर पहिला ब्याटिङ गरिरहेको हङकङले ५ ओभरमा १ विकेट गुमाएर ४३ रन बनाएको स्थितिमा पानी परेपछि पहिलो पटक खेल रोकिएको थियो ।

पानी पर्न छाडेपछि सुरु भएको खेल ८ ओभरमा पुनः पानी परेपछि रोकियो । ८ ओभरमा हङकङले २ विकेट गुमाएर ६५ रन बनाएको छ ।नेपालका करण केसीले पहिलो बलमै हङकङका ओपनर मार्टीन कोट्जेको विकेट लिएका थिए । दोस्रो विकेट भने गुलसन झाले लिए । नेपाल फ्रेन्डसिप कपको एकमात्रै खेलमा हिजो हङकङसँग ७३ रनले पराजित भएको थियो ।

यदि पानी पर्न नरोकिएपछि नेपाल र हङकङबीचको आजको खेल स्थगित हुनेछ । साथै दुबै टोलीले एक एक अंक बाड्ने छन् ।