काठमाण्डु- टी-२० सिरिज क्रिकेटको उपाधि पिएनजीले हात पारेकाे छ । नेपाललाई ८६ रनले पराजित गर्दै पिएनजीले टी-२० सिरिजको उपाधि जितेको हो ।
पिएनजीले दिएको १७२ रनको लक्ष्य पछ्याएको नेपाल १६ ओभर ३ बलमा ८५ रनमा समेटिएको हो । नेपालका लागि सन्दीप जोराले १७, आरिफ शेखले १५ र कप्तान रोहित पौडेलले १२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बलिङमा पिएनजीका सेसे बाउ, काबुआ मोरिया, सेमो काम र चाड सोपरले २–२ विकेट लिए । यसअघि हङकङमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पिएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७१ रन बनाएको थियो ।
प्रतिक्रिया