नेपालका बलर चम्किएपछि आयरल्यान्ड ए १५७ रनमा अलआउट

नेपालका बलर चम्किएपछि आयरल्यान्ड ए १५७ रनमा अलआउट


काठमाण्डु- आयरल्यान्ड ए ले पहिलो एक दिवसीय अभ्यास खेलमा नेपाल ए लाई १५८ रनको  लक्ष्य दिएको छ । बुधवार त्रिवि क्रिकेट मैदानमा टस‍ जितेर पहिला ब्याटिङ गरेकाे आयरल्यान्ड ए ३८.३ ओभरमा १५७ रनमा अल आउट भएकाे हाे ।

आयरल्यान्ड ए का केड कार्माइकलले ७७ बलमा ४ चौकासहित सर्वाधिक ५१ रन बनाए । निल रकले ३२ बलमा २ चौका र ३ छक्कासहित ३९ रन बनाए । ओपनर जेम्श म्याकुलम र स्टेफन डोहेनी १२/१२ रनमा आउट भए । पिटर मुरले २१ रन बनाए ।

नेपालको बलिङसामु आयरल्यान्ड ए का कुनै पनि ब्याटरले ठूलो इनिङ खेल्न सकेनन् । नेपालका कमलसिंह ऐरीले ६.३ ओभरमा १ मेडनसहित २१ रन खर्चेर ४ विकेट लिए ।

कमलले ३९ औं ओभरको पहिलो बलमा लियाम म्याकार्थीलाई डीप मिडविकेटमा साहबबाट २ रनमा क्याच, दोस्रो बलमा म्याथ्यु हम्फ्रेज र तेस्रो बलमा बेन ह्वाइटलाई बोल्ड गर्दै ह्याट्रिक लिए ।