महिला क्रिकेट एशिया कप खेल्ने प्रारम्भिक टिमको घोषणा, को-को समेटिए ?

महिला क्रिकेट एशिया कप खेल्ने प्रारम्भिक टिमको घोषणा, को-को समेटिए ?


काठमाण्डु- नेपाल क्रिकेट संघ (क्यान) ले एशिया कप महिला क्रिकेट प्रतियोगितामा भाग लिने खेलाडी छनौटको लागि २८ खेलाडीको प्रारम्भिक टिम घोषणा गरेको छ ।

आगामी जुलाई १९ देखि जुलाई २८ सम्म श्रीलंकामा हुने महिला एशिया कपका लागि क्यानले नेपाली टोली घोषणा गरेको हो ।

प्रारम्भिक टिममा इन्दु बर्माको कप्तानीमा २८ खेलाडी छानिएको र क्लोज क्याम्पबाट अन्तिम टिम छानिने क्यानले जनाएको छ ।

क्यानले सबनम राई, रुबिना क्षेत्री, सीता रानामगर, खुशी डङ्गोल, विन्दु रावल, कविता कुँवर, रुबी पोदार, लक्ष्मी साउद यशोदा विष्ट, कीर्तिका मरासिनी, सोनी पाख्रिन, राजमति ऐरी, हेलिशा गुरुङ र सम्झना खड्कालाई प्रारम्भिक टोलीमा समेटेको छ ।

यस्तै, अलिशा खाडिया, कविता जोशी, अप्सरी बेगम, काजोल श्रेष्ठ, सङ्गीता राई, आरति महतो, रोमा थापा, सावित्री धामी, ममता चौधरी, करुणा भण्डारी, पुजा महतो, अस्मिना कर्माचार्य र डोली भट्ट टोलीमा छन् ।

महिला एशिया कप जुलाई १९ देखि जुलाई २८, २०२४ सम्म श्रीलंकाको डाम्बुलामा हुने तय भएको छ । प्रतियोगिताको यो संस्करणमा आठ देश सहभागी हुने छन् ।