टी-२० विश्वकप: आयरल्याण्ड भारतविरुद्ध ९६ रनमा अलआउट

टी-२० विश्वकप: आयरल्याण्ड भारतविरुद्ध ९६ रनमा अलआउट


काठमाण्डु- टी-२० विश्वकपमा समूह ए अन्तर्गतको खेलमा आयरल्याण्ड भारतविरुद्ध ९६ रनमा अलआउट भएको छ ।

नेपाली समय अनुसार बुधवार राति ८ः १५ बजे सुरु भएको खेलमा आयरल्याण्ड १६ ओभरमा अलआउट भएको हो । आयरल्याण्डका लागि गेराथ डेलानीले १४ बलमा २६ रनको योगदान दिए । उनले २ चौका र २ छक्का हिर्काए ।

जोस लिटलले १३ बलमा १४ रनको योगदान दिए । उनले यसक्रममा दुई चौका प्रहार गरे । कर्टिस क्याम्फरले ८ बलमा १२ रन बनाए भने लोरकान टकरले १३ बलमा १० रन जोडे ।

भारतका लागि हार्दिङ पाण्ड्याले ३ विकेट लिए भने अर्शदीप सिंह र जसप्रित बुमराहले २-२ विकेट लिए । मोहम्मद सिराज र अक्षर पटेलले एक-एक विकेट हात पारे ।