टी-२० विश्वकप: दक्षिण अफ्रिकाले नेपाललाई ११६ रनको लक्ष्य दियो

टी-२० विश्वकप: दक्षिण अफ्रिकाले नेपाललाई ११६ रनको लक्ष्य दियो


काठमाण्डु- दक्षिण अफ्रिकाले आईसीसी टी २० विश्वकप २०२४ मा नेपाललाई ११६ रनको लक्ष्य दिएको छ । सेन्ट भिन्सेन्टमा रहेको आर्नोस भले ग्राण्ड किंग्सटाउनमा शनिबार बिहान भएको खेलमा दक्षिण अफ्रिकाले नेपाललाई ११६ रनको लक्ष्य दिएको हो ।

दक्षिण अफ्रिकाका ओपनर रिजा हेन्डरक्सिले ४९ बलमा सर्वाधिक ४३ रन बनाए । उनले ५ चौका र १ छक्का प्रहार गरे । ट्रिस्टन स्टब्सले १८ बलमा २७ रनको योगदान दिए । उनले २ चौका र १ छक्का प्रहार गरे ।

कप्तान एडेन मार्क्रमले २२ बलमा १५ रन बनाए । उनले २ चौका प्रहार गरे । क्वीन्टन डी ककले ११ बलमा १० रन जोडे । उनले एक चौका हिर्काए ।

नेपालका लागि कुशल भुर्तेलले ४ विकेट हात पारे । ४ ओभर बलिङ गर्दै उनले १९ रनमात्र दिए । त्यस्तै, दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिए । ४ ओभर बलिङ गर्दै उनले मात्र २१ रन खर्चिए । यस खेलमा कम्ब्याक गरेका सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दै मात्र १८ रन खर्चिए पनि विकेट भने लिन सकेनन् ।