काठमाण्डु-नेपाली राष्ट्रिय क्रिकेट टोलीका ३ खेलाडीले क्यानडाको चर्चित फ्रेन्चाइज प्रतियोगिता ‘ग्लोबल टी–२० लिग’ खेल्ने भएको छ ।
ग्लोबल टी–२० लिग नेपालका कप्तान रोहितकुमार पौडेल, अलराउण्डर दीपेन्द्र सिंह ऐरी र बलर सन्दीप लामिछानेले खेल्ने भएका हुन् ।
रोहित टोरोन्टो नेशनल्समा तथा ऐरी र लामिछाने भ्यानकुभर नाइट्समा अनुबन्ध भएका छन् ।
रोहितको यो पहिलो विदेशी फ्रेन्चाइज लिगको सहभागिता हो । सन्दीप र दीपेन्द्रले भने यसअघि नै क्यानडामा लिग खेलिसकेका छन् ।
सन् २०२३ को संस्करणमा दीपेन्द्र मोन्ट्रियल टाइडर्समा आबद्ध थिए । त्यो सिजनको उपाधि पनि दीपेन्द्रकै क्लबले जितेको थियो ।
यो सिजनको ‘ग्लोबल टी–२० लिग’ जुलाई २५ तारिखदेखि सुरु हुनेछ । यूएईको आईएल टी–२० लिगमा पनि ऐरी रिटेन भएका छन् ।
प्रतिक्रिया