बिहीबार बिहान दक्षिण अफ्रिका र अफगानिस्तानबीच भिडन्त हुँदै, हार्ने टोली विश्वकपबाट बाहिरिने

बिहीबार बिहान दक्षिण अफ्रिका र अफगानिस्तानबीच भिडन्त हुँदै, हार्ने टोली विश्वकपबाट बाहिरिने


काठमाण्डु- टी-२० क्रिकेट विश्वकपको पहिलो सेमिफाइनल खेलमा बिहीबार बिहान दक्षिण अफ्रिका र अफगानिस्तानबीच भिडन्त हुने भएको छ । उक्त खेल वेस्ट इन्डिजको ट्रिडिडाड एन्ड टोबागोस्थित ब्रायन लारा क्रिकेट एकेडेमीमा नेपाली समयअनुसार बिहान ६ः१५ बजे शुरू हुने भएको हो ।

सुपर ८ अन्तर्गतको खेलमा बंगलादेशलाई हराउँदै अफगानिस्तान पहिलोपटक विश्वकपको सेमिफाइनलमा पुगेको हो । सुपर ८ मा अफगानिस्तानले बलियो टोली अस्ट्रेलियालाई हराएको थियो । यसर्थ, सेमिफाइनलको खेलमा अफगानिस्तानको मनोबल उच्च हुनेछ । तर, इतिहास हेर्दा खेरि दक्षिण अफ्रिका बलियो टोली हो ।

दक्षिण अफ्रिकाले पनि सुपर ८ मा इंग्ल्यान्डसँगै दुई आयोजक वेस्ट इन्डिज र अमेरिकालाई हराएको थियो । त्यसैले दक्षिण अफ्रिका बिहीबार तुलनात्मक कम अनुभवी अफगानिस्तानलाई हराउँदै फाइनलमा पुग्ने दाउमा हुनेछ । भोलिको खेलमा हार्ने टोली टी २० विश्वकपको उपाधि होडबाट बाहिरिनेछ ।