बीसीसीआईका सचिव जय शाहले विश्व विजेता भारतीय खेलाडीलाई सवा एक अर्ब दिने घोषणा

बीसीसीआईका सचिव जय शाहले विश्व विजेता भारतीय खेलाडीलाई सवा एक अर्ब दिने घोषणा


काठमाण्डु- इन्डियन क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव जय शाहले टी-२० विश्वकप विजेता टोलीलाई सवा एक अर्ब दिने घोषणा गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत विश्व विजेता टोलीलाई १२५ करोड भारतीय रुपैयाँ दिने घोषणा गरेका हुन् । गएराति भएको फाइनल खेलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतले आइसीसी टी–२० विश्वकपको उपाधि जितेको थियो ।