ट्रेभिस हेडले १४५ रन बनाएपछि इंग्ल्यान्डविरुद्ध अस्ट्रेलियाको सानदार जित

ट्रेभिस हेडले १४५ रन बनाएपछि इंग्ल्यान्डविरुद्ध अस्ट्रेलियाको सानदार जित


काठमाण्डु-ट्रेभिस हेडको शानदार शतकको सहयोगमा अस्ट्रेलियाले इंग्ल्यान्डविरुद्ध पहिलो एक दिवसीय खेलमा ७ विकेटले विजयी भएको छ ।

घरेलु टोली इंग्ल्यान्डले दिएको ३१६ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ३६ बल बाँकी रहँदा ३ विकेटको क्षतिमा ३१७ रन बनाएको हो ।

गएको १ वर्षदेखि शानदार फर्ममा रहेका हेडले अविजित १५४ रन जोडे । १२९ बलको सामना गरेका उनले २० चौका र ५ छक्का प्रहार गरे । मार्नस लाबुसाङ्गेले ६१ बलमा ७७ रन जोडे । उनले ७ चौका र २ छक्का प्रहार गरे । उनीहरूले चौथो विकेटका लागि अविजित १४८ रनको साझेदारी गरे । स्टेभन स्मिथ र क्यामरुन ग्रिनले ३२ रन जोडे ।

इंग्ल्यान्डका अदिल रसिदबाहेक अन्य कुनै बलरले १० ओभरको कोटा समेत पुरा गरेनन् । रसिदले ५९ रन खर्चेर १ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २ बल बाँकी रहँदा सबै विकेट गुमाउँदै ३१५ रनको योगफल खडा गरेको थियो । इंग्ल्यान्डका लागि बेन डुकेटले ९१ बलमा ९५ रन जोडे । उनले ११ चौका प्रहार गरे । उनले ली जयाकसँग मिलेर दोस्रो विकेटका लागि १२० रनको साझेदारी गरेका थिए ।