दोस्रो टेस्टमा पाकिस्तानले इङल्याण्डसँग लियो बदला

दोस्रो टेस्टमा पाकिस्तानले इङल्याण्डसँग लियो बदला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पाकिस्तानले इङल्याण्डले पहिलो टेष्टमा हराएको बदला दोस्रो टेष्टमा लिएको छ । दोस्रो टेस्टको चौँथो दिन पाकिस्तानले इङल्याण्डलाई १५२ रनले पराजित गरेको हो ।

इङल्याण्ड १४४ रनमा अल आउट भएपछि पाकिस्तान १५२ रनले विजयी भएको हो । पाकिस्तानले २९७ रनको लक्ष्य दिएको थियो ।

इङल्याण्डलाई अल आउट गर्न पाकिस्तानका नोमान अलीले ८ विकेट लिएका थिए भने साजिद खानले २ विकेट लिए ।

यस टेस्टमा पाकिस्तानले पहिलो इनिंगमा ३६६ रन बनाएको थियो भने इङल्याण्डले पहिलो इनिंगमा २९१ रन बनाएको थियो । त्यस्तै पाकिस्तानले दोस्रो इनिंगमा २२१ रन बनाएपछि इङल्याण्डलाई २९७ रनको लक्ष्य दिएको थियो ।

यो जितपछि ३ खेलको सिरिजमा १,१ को बराबरी भएको छ । अब टेस्टको तेस्रो खेल अक्टोबर २४ मा रावलपिण्डीमा हुने छ ।

पहिलो टेष्टमा इग्ल्याण्डले एक इनिङसहित ४७ रनले पाकिस्तानलाई हराएको थियो । पाकिस्तानले त्यसको बदला दोस्रो टेष्टमा लिएको हो ।