दृष्टिविहीन क्रिकेटमा पाकिस्तानसँग नेपाल पराजित

दृष्टिविहीन क्रिकेटमा पाकिस्तानसँग नेपाल पराजित


काठमाण्डु – पाकिस्तानमा जारी दृष्टिविहीन टी–२० विश्वकपअन्तर्गत बुधबार भएको खेलमा घरेलु टोलीसँग नेपाल पराजित भएको छ ।

समूह चरणको अन्तिम खेलमा पाकिस्तानसँग नेपाल १० विकेटले पराजित भएको छ ।

नेपालले पहिले ब्याटिङ गर्दै १८ ओभरमा ५ विकेट गुमाएर १०० रनको योगफल तयार गरेको थियो । भरत थापाले सर्वाधिक ३९ तथा नरेश चौधरीले १७ रन जोडेका थिए ।

नेपालले दिएको १०१ रनको लक्ष्य पाकिस्तानले ६ ओभर ४ बलमा कुनै विकेट नगुमाई पूरा गर्‍यो । पाकिस्तानसँग पराजित भए पनि नेपालको सेमिफाइनल प्रवेशको सम्भावना कायमै छ । चौथो खेलमा नेपालले दक्षिण अफ्रिकालाई पराजित गरेको थियो ।

६ देशको सहभागिता रहेको विश्वकपको फाइनल खेल ३ डिसेम्बरमा हुनेछ ।