काठमाण्डु– पाकिस्तानको राष्ट्रिय टिमका तीव्र बलर मोहम्मद आमिरले सन्यासको घोषणा गरेका छन् । ३२ बर्षीय आमिरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् ।
यसअघि पनि सन्यासको घोषणा गरेका उनले पछि फिर्ता लिएर पाकिस्तानका लागि टी–२० विश्वकप खेलेका थिए ।
उनले सामाजिक सञ्जामार्फत सन्यासको घोषणा गरेका हुन् । उनले ट्वीटरमा लेखेका छन्, ‘मैले धेरै सोचविचार गरेर अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने कठिन निर्णय गरेको छु । यस्तो निर्णय कहिल्यै सजिलो हुँदैन ।’‘आगामी पिढीका लागि कमाण्ड सम्हाल्ने र पाकिस्तान क्रिकेटलाई नयाँ उचाइमा लैजाने सही समय हो,’ , ‘आफ्नो देशको प्रतिनिधित्व गर्नु मेरो जीवनको सबैभन्दा ठूलो सम्मान रह्यो र सधैं रहने छ ।’
उनले पाकिस्तान त्रिकेट बोर्ड, आफ्नो परिवारका सदस्य, साथीभाइ र समर्थकहरुलाई धन्यवाद दिएका छन् ।
प्रतिक्रिया