महिला यू–१९ एसिया क्रिकेटमा बंगलादेशसँग नेपाल ९ विकेटले पराजित

महिला यू–१९ एसिया क्रिकेटमा बंगलादेशसँग नेपाल ९ विकेटले पराजित


काठमाण्डु – एसीसी महिला यू–१९ एसिया कप क्रिकेटअन्तर्गत शुक्रबारको खेलमा बंगलादेशसँग नेपाल ९ विकेटले पराजित भएको छ ।

मलेसियाको बायुमास ओभल मैदानमा भएको खेलमा बंगलादेशसँग नेपाल ९ विकेटले पराजित भएको हो ।

जीतसँगै बंगलादेशले प्रतियोगिताको फाइनलमा भारतसँग खेल्नेछ ।

शुक्रबारको खेलमा वर्षा बाधक बनेपछि खेल ११ ओभरमा घटाइएको थियो । जसमा नेपालले ११ ओभरमा ८ विकेटको क्षतिमा ५४ रन जोडएको थियो । जीतका लागि ५५ रनको लक्ष्य पछ्याएको बंगलादेशले ९ दशमलव ५ ओभरमा १ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।