प्रधानमन्त्री कप महिला क्रिकेटमा गण्डकी र कर्णाली तथा एपीएफ र लुम्बिनी खेल्दै

प्रधानमन्त्री कप महिला क्रिकेटमा गण्डकी र कर्णाली तथा एपीएफ र लुम्बिनी खेल्दै


काठमाण्डु- प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगितामा बिहीवार दुई वटा खेल हुँदैछन् ।

धनगढीको फाप्ला क्रिकेट मैदानमा बिहीवार हुने पहिलो खेलमा बिहान ९ बजे गण्डकी र कर्णाली प्रदेश खेल्दैछन् । गण्डकीले यसअघि खेलेका दुवै खेल हारेको छ भने कर्णालीले पहिलो खेल खेल्न लागेको हो ।

यस्तै दिउँसो १ बजे हुने अर्को खेलमा सशस्त्र प्रहरीको एपीएफ र लुम्बिनी प्रदेश खेल्दैछन् । एपीएफले लगातार दुई खेल जितेको छ भने लुम्बिनिले पहिलो खेल हारेको छ । प्रतियोगिताको फाइनल खेल यही माघ १२ गते शनिवार हुनेछ ।