काठमाण्डु – महिला टी–२० अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा युगाण्डासँग नेपाल पराजित भएको छ ।
युगाण्डाविरुद्ध ९२ रनको लक्ष्य पछ्याउँदा नेपाल १७ ओभर १ बलमा ‘अल आउट’ हुँदै ५१ रनमा सीमित रह्यो । यससँगै नेपाल ४० रनले पराजित भएको छ ।
युगाण्डाले पहिले ब्याटिङ गर्दै ५ विकेटको क्षतिमा ९१ रन बनाएर नेपाललाई ९२ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ गरेको नेपाली टोलीका खेलाडीहरू पहिलो ओभरदेखि कमजोर ब्याटिङ गर्दै लगातार ‘आउट’ भएका थिए ।
यसअघि घरेलु टोली युगाण्डाकी कप्तान जेनेत माबाजीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले फिल्डिङ गरेको थियो ।
युगाण्डामा जारी महिला टी–२० अन्तरराष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत बिहीबारसम्म खेलेका ५ खेलमध्ये नेपाल ४ खेलमा पराजित भएको छ । ४ टोली सम्मिलित प्रतियोगितामा नेपाल अंकतालिकाको पुछारमा छ ।
प्रतिक्रिया