चार देशीय टी–२० सिरिज : नेपाल र कुवेतको खेल जारी

चार देशीय टी–२० सिरिज : नेपाल र कुवेतको खेल जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा बिहीबार कुवेतसँग प्रतिस्पर्धा गरिरहेको छ । हङकङको टिन क्वाङ रोड रिक्रिएसन ग्राउन्डमा हुने यो खेल नेपाली समयानुसार बिहान ६ : ४५ बजे सुरु भएको छ । जारी खेलमा नेपाल टस जितेर फिल्डिङमा उत्रिएको छ। 

यो चारदेशीय टी–२० आई सिरिजको तेस्रो खेल हो। पहिलो खेलमा बुधबार नेपालले कतारलाई आठ विकेटले पराजित गरेको थियो। यस्तै, सिरिजको दोस्रो खेलमा बुधबार नै कुवेतले घरेलु टोली हङकङलाई चार विकेटले हराएको छ। बिहीबारको खेलमा दुवै टोली दोस्रो जितको खोजीमा हुनेछन्।

यस्तै, बिहीबार नै हङकङ र कतार प्रतिस्पर्धा गर्नेछन्। यो खेल नेपाली समयानुसार बिहान ११ : १५ बजे सुरु हुनेछ। दुवै टोली पहिलो जितको खोजीमा हुनेछन्।