चारदेशीय टी–२० : नेपाल र हङकङबीचको खेल वर्षाले प्रभावित

चारदेशीय टी–२० : नेपाल र हङकङबीचको खेल वर्षाले प्रभावित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु : चारदेशीय टी–२० श्रृङ्खलाको समूह चरणको अन्तिम खेल वर्षाका कारण प्रभावित भएको छ।

हङकङको मिसन रोड ग्राउण्डमा भएको खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो।

वर्षाअघि हङकङले ९ ओभरमा ३ विकेट गुमाएर ६८ रन बनाएको छ। तर, त्यसपछि वर्षा सुरु भएसँगै खेल रोकिएको हो। नेपालले यो सिरिजमा राम्रो प्रदर्शन गरिरहेको छ।

यसअघिका दुवै खेलमा जित हात पारेको नेपाल अपराजित फाइनल पुग्ने लक्ष्यमा छ। नेपाल चार अंकसहित तालिकाको शीर्ष स्थानमा छ।