पपुवा न्युगिनीले नेपाललाई दियो १ सय ३५ रनको लक्ष्य, सन्दिपको उत्कृष्ट बलिङ

पपुवा न्युगिनीले नेपाललाई दियो १ सय ३५ रनको लक्ष्य, सन्दिपको उत्कृष्ट बलिङ


काठमाण्डु – पपुवा न्युगिनीले एकदिवसीय सिरिज अन्तर्गत आज जारी खेलमा नेपाललाई १ सय ३५ रनको लक्ष्य दिएको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा जारी खेलमा पपुवा न्युगिनीले ३३ औं ओभरको अन्त्यमा सबै विकेट गुमाउँदै १ सय ३४ रन बनाएको हो ।

फितलो सुरुवात गरेको न्युगिनीका लागि लेगम सिएकाले सर्वाधिक ३० रन बनाउँदा चार्स अमिनीले २३ र गौडी टोकाले २२ रन बनाए । बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । उनले १० ओभर बलिङ गर्दै ३५ रन दिएर ४ विकेट लिएका हुन् । त्यस्तै किफायती देखिएका कुशल मल्ल र विक्रम सोबले समान २-२ विकेट लिए । त्यस्तै सोमपाल कामीले १ विकेट लिए ।

नेपाल केहीबेरमा जवाफी ब्याटिङमा उत्रँदैछ । दुई खेलको शृंखलामा दोस्रो खेल शुक्रबार हुनेछ । आईसीसी विश्वकप क्रिकेट लिग -२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पीएनजीसँग खेल्न लागेको हो ।