अफ्रिदीको पहिलो बलमा पवनले हाने छक्का

अफ्रिदीको पहिलो बलमा पवनले हाने छक्का


काठमाण्डु – एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा पाकिस्तानी खेलाडी शाहिद अफ्रिदीको बलिङमा नेपालका खेलाडी पवन सर्राफले छक्का र चौका प्रहार गरेका छन् ।

अफ्रिदीले बलिङ गरेको छैटौं ओभरमा पवनले एक छक्का र एक चौकासहित १२ रन जाड्न सफल भए । उक्त ओभरमा ललितपुरले १४ रन जोडेको थियो ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा जारी एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा अफ्रिदी सबभन्दा ठूलो नाम हो । पाकिस्तानका अलराउन्डर अफ्रिदी छैटौं ओभरमा बलिङ गर्न आएका थिए ।