काठमाण्डु- चारदेशीय सम्मिलित टि–२० अन्तर्राष्ट्रिय शृंखलामा नेपालले आज युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध जितका लागि १९३ रनको लक्ष्य पाएको छ ।
ओमानमा मस्कटस्थित अल अमारतको ओमान क्रिकेट एकेडेमी मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर फिल्डिङ रोजेका थिए । त्यसपछि ब्याटिङ थालेको यूएईले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १९२ रन बनाएको हो ।
यूएईका चिराग सुरीले ८४ रन बनाएपछि यूएईले सम्मानजनक स्कोर बनाएको हो । सुरीले ५३ बलमा पाँच चौका र पाँच छक्कासहित अविजित ८४रन बनाएका हुन् । सुरीले रोहन मुस्तफासँग दोस्रो विकेटका लागि ९७ रनको साझेदारी गरेका थिए ।
प्रतिक्रिया