जिल्लास्तरीय क्रिकेटको उपाधि कालीमाटी युवा क्लब बैजिनाथलाई

जिल्लास्तरीय क्रिकेटको उपाधि कालीमाटी युवा क्लब बैजिनाथलाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पूर्णबहादुर खड्का
अछाम– अछाममा आयोजित जिल्लास्तरीय क्रिकेट प्रतियोगिताको उपाधि कालीमाटी युवा क्लब बैजिनाथले हात पारेको छ।

 

 

शनिबार रिडिकोट खेल मैदान बडासैनमा सम्पन्न फाइनल खेलमा रिडकोट युवा क्लबलाई २ विकेटले पराजित गर्दै वैजिनाथले उपाधिमाथि कब्जा जमाएको हो।

 

 

रिडिकोटले दिएको १ सय २९ रनको लक्ष्य कालिमाटीले १९ दशमलबव २ ओभरको समाप्तीमा ८ विकेट गुमाएर पुरा गर्यो। खेलमा कालीमाटीका नविन शाहले ३ छक्काको मद्दतले ४५ रनको योग्दान गरे।

 

कालिमाटीका कुबेर शाहले २१ रनको योग्दान दिलाएका थिए।

 

 

यसअघि टस हारेर व्याटिङको निम्तो पाएको रिडिकोट १७ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर १ सय २८ रनमा समेटिएको थियो। रिडिकोटका लागि ईश्वर कुमालले २८ रन जोडे पनि जितका लागि प्रयाप्त भएन।

 

उसका टिकाराम पालले २१ रन बनाए।