काठमाण्डु- दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपाल पपुवा न्यूगिनी (पीएनजी) सँग पराजित भएको छ । नेपालले दिएको २८९ रनको लक्ष्य पीएनजीले ४८.४ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो । नेपालमा पहिलो पटक भएको द्विपक्षीय एकदिवसीय श्रृंखला पीएनजीले २-० ले जितेको छ ।
खेलको सुरुवातमा नेपालको बलिङ उत्कृष्ट रहेपनि त्यसपछि भने बलिङ र फिल्डिङ दुवै फितलो हुँदा पिएनजीका खेलाडीले मौका उठाए । पिएनजीका लागि लेगा सियकाले सर्वाधिक अर्धशतकिय पारी खेले । उनले बलमा १०२ बलको सामना गर्दै १२ चौका र १ छक्काको मदतमा ९० रन बताए । शतकका लागि भने चुके । त्यस्तै, सेसे बाउले ३८ तथा चाल्र्स अमिनिले ३६ रन जोडे ।
साथै रिले हेकुरे ४८ रनमा अविजित रहे । बलिङतर्फ नेपालका सोमपाल कामीले ३ विकेट लिए । त्यस्तै,पवन सर्वाफले २ तथा आरिफ शेख र कप्तान सन्दीप लामिछानेले समान १ विकेट हात पारे । योसँगै सन्दीप एकदिवसीय अन्तर्राष्ट्रियमा ५० विकेट लिने पहिलो नेपाली बलर बनेका छन् । साथै २२ खेलमै उक्त किर्तीमानी हात पारेका उनी ओडिआईमा सर्वाधिक छिटो ५० विकेट पूरा गर्ने विश्वकै दोस्रो बलरसमेत बनेका छन् । त्यसअघि टस जितेर ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २७८ रन बनाएको थियो ।
प्रतिक्रिया