काठमाडौं– अन्तर्राष्ट्रिय टी–२० त्रिदेशीय ह्विलचेयर क्रिकेट प्रतियोगिताको उपाधि नेपालले हात पारेको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार भएको फाइनलमा बंगलादेशलाई ५४ रनले हराउँदै नेपालले उपाधि जितेको हो।
टस हारेर पनि ब्याटिङको निम्तो पाएको नेपाल २० ओभरमा तीन विकेटको क्षतिमा एक सय ६० रन जोड्यो ।
तर, नेपालले दिएको एक सय ६१ रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेश १८ ओभर २ बलमा १ सय ६ रनमा अलआउट भएपछि उपाधि नेपालको पोल्टामा गएको हो।
नेपालका लागि दिगम चेमजोङ लिम्बुले नटआउट ७९ रन र नवीन राईले ५९ रन बनाए।
विपिन पौड्यालले बंगलादेशको तीन विकेट लिए।
नेपालका नवीन राई उत्कृष्ट ब्याट्सम्यान, विपिन पौडेल उत्कृष्ट बलर र राजु गुरुङ उत्कृष्ट विकेटकिपर घोषित भए।
प्रतिक्रिया