विश्वचर्चित पाकिस्तानी क्रिकेटर शाहिद आफ्रिदी नेपाल आउँदै

विश्वचर्चित पाकिस्तानी क्रिकेटर शाहिद आफ्रिदी नेपाल आउँदै


काठमाण्डु – पाकिस्तानी क्रिकेट टीमका पूर्व कप्तान तथा विश्वचर्चित क्रिकेटर शाहिद आफ्रिदी नेपाल आउने भएका छन् । उनी काठमाण्डु किंग्स–११ बाट एभेरष्ट प्रिमियर लिग (ईपीएल) खेल्न नेपाल आउने भएका हुन् ।

टेलेहो ल्डिङ्स प्रालिको स्वामित्वमा रहेको काठमाण्डु ११ ले आफ्रिदीलाई आईकोनिक प्लेअरको रुपमा ल्याएको हो । चौथो संस्करणको ईपीएल आगामी सेप्टेम्बर २५ देखि ९ अक्टोबरसम्म हुँदैछ । यो संस्करणमा काठमाण्डुसहित ६ फ्रेन्चाइज टिमले खेल्नेछन् ।

भेट्रान अलराउण्डर क्रिकेटर आफ्रिदीले पाकिस्तानका लागि २७ टेष्ट, ३९८ ओडिआई र ९९ टी–२० आई खेलिसकेका छन् । उनले तीन फर्म्याटमा गरी ११ हजारभन्दा बढी रन बनाइसकेका छन् ।