प्रधानमन्त्री कप पुरुष क्रिकेटमा एपीएफ विजयी

प्रधानमन्त्री कप पुरुष क्रिकेटमा एपीएफ विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – दाङको देउखुरी अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी नेपाल टेलिकम प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टीम एपीएफ क्लबले मधेश प्रदेशविरुद्ध २ विकेटले जीत निकालेको छ ।

बिहीबार भएको खेलमा मधेश प्रदेशले दिएको १६९ रनको लक्ष्य एपीएफले ३६ दशमलव ५ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्‍यो ।

खेलमा कमलसिंह ऐरीको अलराउण्डर प्रदर्शनमा एपीएफले मधेश प्रदेशलाई पराजित गरेको छ । ऐरीले ३ छक्काको सहयोगमा अविजित २८ रन बनाए । सामान्य लक्ष्य पछ्याउने क्रममा सुमित महर्जन ३५ रनमा पेभेलियन फर्किएपछि केही दबाबमा परेको एपीएफलाई कमलसिंह ऐरीले उत्कृष्ट खेल्दै जीत दिलाए ।

मधेश प्रदेशका कमल गुप्ताले १० ओभरमा १ मेडनसहित ४० रन खर्चेर ४ विकेट लिए । प्रदीप पासवानले १ मेडनसहित २८ रन दिएर २ विकेट लिए । रुपेश सिंह र हरिशंकर शाहले १–१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मधेश प्रदेशले निर्धारित ५० ओभरको खेलमा ४० दशमलव ४ आभेरमा सबै विकेट गुमाउँदै १६८ रन बनाएको थियो । मधेशका कप्तान अनिलकुमार साह र मयन यादवले ३१ रन बनाएर खेलिरहेको बेला भुवन कार्कीको बलिङमा यादव बोल्ड आउट भएपछि मधेशको विकेट पतन सुरु भएको थियो ।

नेपाल क्रिकेट संघ क्यानको आयोजना, प्रदेश क्रिकेट संघको समन्वय तथा दाङ क्रिकेट संघको व्यवस्थापनमा जारी प्रतियोगितामा ३ विभागीयसहित ७ प्रदेशका टीम सहभागी रहेका छन् ।

आगामी चैत १६ गतेसम्म चल्ने प्रतियोगितामा दाङमा १४ वटा खेल हुने तालिका छ ।