लन्डन – बेलायतका एक सिरियल बलात्कारीलाई ३३ जन्म कैदको सजाय सुनाइएको छ । जोसेफ म्याक्केनलाई बेलायतको सर्वाधिक खतरनाक यौन अपराधीको नाम दिइएको छ ।
उनले २ साताको अधिमा ११ महिला तथा बच्चाको अपहरण गरेर गलत काम गरेका थिए । पीडितहरुको उमेर ११ वर्षदेखि ७१ वर्षसम्मको रहेको छ । यस मध्ये तीन महिलालाई चक्कु देखाएर सडकबाट अपहरण गरेर पटक–पटक बलात्कार गरिएको थियो ।
उनलाई शुक्रबार ओल्ड बेलीमा ३७ अपराधको दोषी पाइएको थियो । न्यायधीश एडिसका अनुसार म्याक्केनको कमसेकम ३० वर्षसम्म जेलको सजाय काट्नु आवश्यक छ ।
उनी बच्चाका लागि खतरा रहेका छन् र बाल बलात्कारी भएको न्यायधीशले बताए । उनलाई क्लासिक मनोरोगी भएको बताउदै यसको स्वतन्त्र र व्यवस्थित जाँच गर्नका लागि पनि न्यायधीशले आदेश दिएका छन् ।
फेब्रुअरीमा एक जेल बाहिरको परिक्षणपछि म्याक्केनलाई जेलबाट रिहा गरिएको थियो । यसपछि अप्रिलमा ३४ वर्षीय म्याक्केनले वाटफोर्डमा एकपछि अर्को कैयौ यौन हमलाको घटना घटाएका थिए ।
यसपछि लन्डन, ग्रेटर म्यानचेस्टर तथा चेशायर लगिएको थियो । ओल्ड बेलीमा म्याक्केनलाई सजाय सुनाउदै न्यायधीश एडिसले उनलाई एक कायर, हिंसक धम्की दिने र बच्चाको बलात्कार गर्ने पिडोफाइल भएको बताएका छन् ।
प्रतिक्रिया