क्रस-कन्ट्री साइक्लिङमा लक्ष्मी र उषाले जिताए नेपाललाई स्वर्ण र रजत

क्रस-कन्ट्री साइक्लिङमा लक्ष्मी र उषाले जिताए नेपाललाई स्वर्ण र रजत


काठमाडौं – १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत क्रस कन्ट्री साइक्लिङमा नेपालले स्वर्ण र रजत जितेको छ ।

सागको बिहिबार भएको खेलमा भारतलाई पछि पार्दै नेपालकी लक्ष्मी मगरले स्वर्ण पदक जितेकी हुन् । नेपालकै उषा खनालले सो विधामा रजत जितेकी छिन् ।

लक्ष्मी मगरले १ घण्टा २० मिनेट २० सेकेन्डमा लक्ष्य पूरा गरिन्। दोस्रो भएकी उषाले १ घण्टा ३५ मिनेट ५२ सेकेण्डमा लक्ष्य पूरा गरिन् । कास्य पदक भने भारतकी खेलाडीले जितिन् । योसँगै नेपालले साइक्लिङमा ३ स्वर्ण बटुलेकको छ ।