एजेन्सी – कोरोना भाइरसको संक्रमणकाबीच जापानको डायमन्ड प्रिन्सेस विलाशी क्रुजमा फसेका भारतीयले भिडियो सन्देश पठाएर प्रधानमन्त्री नरेन्द्र मोदीसँग सहयोग मागेका छन् ।
क्रुजमा शेफको जिम्मेवारी सम्हाल्दै आएका बिनय कुमारले प्रधानमन्त्री नरेन्द्र मोदी र संयुक्त राष्ट्र संघलाई सम्बोधन गर्दै भिडियो सन्देशमा भनेका छन्, “म अत्यन्त डराएको छु र छिट्टै हामीलाई यहाँबाट निकाल्ने व्यवस्था गर्नुहोस् ।”
क्रु सदस्यको भिडियोमा भनिएको छ, “हामी धेरै डराएका छौं । छिटो भन्दा छिटो हामीलाई सहयोग गरियोस् । हाल क्रुजमा ३२०० मानिस छन् । जसमध्ये केबल ५०० को मात्रै नमुना परिक्षण गरिएको छ । हामी मध्ये कसैको पनि नमुना जाँच गरिएको छैन ।”
भिडियोमा बिनय कुमारसँग मास्क लगाएर बसिरहेका अन्य मानिसलाई पनि देखाइएको छ । क्रुजमा रहेका मानिसबाट अलग गरियोस् र आफूहरुलाई आ–आफ्नो घरसम्म पु¥याइयोस् भन्ने आग्रह उनीहरुले गरेका छन् ।
प्रतिक्रिया